सभामुख सापकोटाविरुद्धको मुद्दामा आज पनि भएन सुनुवाई

तु खबर संवाददाता
२०७८ आश्विन १३,बुधबार १५:४२

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा आज (बुधबार) पनि सुनुवाई हुनु सकेन । वैधानिक इजलासमा उनीविरुद्धको मुद्दाको पेसी तोकिएको भए पनि न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण आज सुनुवाइ हुन नसकेको हो ।

उक्त मुद्दामा सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको संयोजकत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलास गठन गरिएको छ । सभामुख विरुद्धका अवहेलना र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्या गरी तीन मुद्दा आजका लागि सुनुवाइ तोकिएको थियो ।

यसअघि गत भदौ १६ गते पनि उक्त मुद्दा संवैधानिक इजलासमा राखिएकामा हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो । त्यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा राखिएको थियो र हेर्न नमिल्ने भनी सुनुवाइ स्थगित भएको थियो । झण्डै एक महिनापछि पनि उक्त मुद्धा फेरि हेर्न नमिल्ने इजलासमै पेशी राखिएको हो ।

२०६२ साल बैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले सापकोटाविरुद्ध २०६४ सालमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी दर्ता गराएकी थिइन् । सर्वोच्चले २०६४ साल फागुन २२ गते आदेश दियो र पूर्णिमायाको उजुरी दर्ता भएको थियो । त्यतिखेर बाबुराम घट्टराई नेतृत्वको सरकारले सापकोटाको जाहेरी तालमेलमा राख्ने निर्णय गरेको थियो ।