एमालेका सांसदलाई पदबाट राजीनामा दिन बाबुराम भट्टराईको चुनौती
काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रतिनिधिसभा संसद २/२ पटक विघटन गर्ने एमालेलाई संसदमा आउनसमेत लाज हुनुपर्ने उनको टिप्पणी छ । सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।
अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि बताए । भट्टराईले एमालले आफैंले विघटन गरेको संसदमा अवरोध सिर्जना गरेर निर्लज्जता देखाएको टिप्पणी गरे ।
