त्रिशूलीमा कार खस्यो, तीन जना बेपत्ता

तु खबर संवाददाता
२०७८ आश्विन ८, शुक्रबार ०९:४९
file-photo

काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित नाग्दीबाट त्रिशुली खोलामा कार खसेको छ । काठमाडौंबाट पोखरा जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई त्रिशुली नदीमा बसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उक्त कार करिब ३५ मिटर तल त्रिशूली नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कार चालक पोखरा महानगरपालिका वडा नं. १७ का ५५ वर्षका प्रेमबहादुर भुजेल, सोही स्थानका ५५ वर्षका लेखबहादुर भुजेल र उनकी श्रीमती ३६ वर्षीया ईश्वरी भुजेल रहेका छन् । बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।