एमाले हेटौंडा नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश
मकवनपुर । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का सह–इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया दुच्र्याई रहेका छन् । उनीहरुलाई नेपाली कांग्रेस संसदीय दलका नेता तथा कांग्रेस मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले पार्टीको सदस्य प्रदान गरेका हुन् ।
उक्त अवसरमा नव प्रवेशी घिमिरेले एमालेको अहिलेको क्रियाकलापले जनता आजित भएको र अब कांग्रेसबाट मात्रै विकास र स्थिरता सम्भव भएको बताए । उनले कम्युनिष्टमा कार्यकर्ता र जनताको समस्या बुझ्ने भावना समाप्त भएको र स्वेच्छाचारिता बढेकाले समाजसेवामा होमिन कांग्रेस रोजेको बताए । कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा स्याङतान्, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, हेटौंडा १७ का वडा सभापति नवराज न्यौपाने, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

