माओवादीका नेता फुर्वा एमालेमा प्रवेश
मकवानपुर । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सदस्य दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वासँगै मकवानपुरकी माओवादी नेता वरिना ल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमालेको अधयक्ष केपीओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।
फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा थिए । वरिना माओवादी जनयुद्धमा लागेकी नेता हुन् । सो अवसरमा अध्यक्ष ओलीले नेकपाबाट प्रचण्ड माओवादीको एउटा हिस्सा लिएर अलग भए पनि अहिलेको एमाले नेकपाकै निरन्तरता रहेको भन्दै माओवादीमा रहेका कार्यकर्ता एमालेमै समाहित हुनुपर्ने बताए । नवप्रवेशीलाई महासचिव ईश्वर पोखरेल, सांसद कृष्णप्रसाद दाहाल, मकवानपुरका एमाले नेताहरू हिदम लामा र महेश बर्तौलाले स्वागत गरेका थिए ।
