मकवानपुरका चार स्थानीय तहलाई ४५ लाखको स्वास्थ्य सामाग्री सहयोग

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १७:३०

मकवानपुर । सामुदायिक विकास संस्था नेपाल (सीसीडिएन) ले मकवानपुर चार स्थानीय तहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । संस्थाले कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको महामारीमा सहयोग पुर्याउने उद्देश्यले जिल्लाको चार स्थानीय तहलाई रु ४५ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

शनिबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले एक कार्यक्रमबीच जिल्लाको थाहानगरपालिकाका अध्यक्ष लबशेर बिष्ट, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रमुख खुलालले संस्थाले मकवानपुरमा रहेर निरन्तर स्थानीय तहहरुलाई सहयोग पुर्याएकोमा धन्यवाद व्यक्त गरे । संस्थाले यसअघि भुकम्पका बेला र कोरोना महामारीको समयमा पनि सहयोग गरेको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरेको बताए । प्राप्त गरेका स्वास्थ्य सामग्रीहरुको उचित प्रयोग र संरक्षणमा ध्यान दिन स्थानीय तहहरुलाई आग्रह गरेका थिए । संस्थाले स्थानीय तहहरुलाई जनसंख्याका आधामा पीपीई कीट, ग्लोब्स, मास्क, फेस सिल्ड, सेनीटाईजर, एन्टीजेन किट, फ्रिजर, डिफ्रिज, भ्याक्सिीन क्यारीयर, सेनिटाईजर डिभाईसलगायत १५ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको जनाइएको छ ।