क्युपेक नेपालद्वारा सञ्चारकर्मी काशी सम्मानित

तु खबर संवाददाता
२०७८ आश्विन २, शनिबार ०९:५९

पश्चिम मकवानपुरको मनहरी क्षेत्रमा रही क्रियाशील सञ्चारकर्मी शिवकुमार काशी सम्मानित हुनु भएको छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन क्युपेक नेपाल मनहरी गाउँपालिका कमिटीको चौथो अधिबेसनका अबसरमा उहाँलाई सम्मान गरिएको हो । क्युपेक मनहरी गाउँपालिका कमिटीको स्थापना कालदेखि नै मजदुरको क्षेत्रमा क्रियाशील रही पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै सम्मान पत्र प्रदान गरिएको हो ।

क्युपेक नेपालका केन्द्रीय सल्लाहकार राजु आचार्य, मनहरी गाउँपालिका कमिटी अध्यक्ष गोविन्द गलान, जिल्ला प्रतिनिधि परिषद प्रमुख देवीप्रसाद दाहाल, जिल्ला अध्यक्ष प्रताप राईसहितले सञ्चारकर्मी काशीलाई सम्मान पत्र प्रदान गर्नु भएको थियो । सञ्चारकर्मी काशीसहित क्युपेक नेपाल मनहरी गाउँ कमिटीका संस्थापक अध्यक्ष रामचन्द्र गिरी, पूर्व अध्यक्ष टिकाराम गिरी, संस्थापक सचिव माधवकुमार बानियाँ, मजदुर नेताहरु देवीप्रसाद दाहाल, पुरुषोत्तम श्रेष्ठ, नानीबाबु घर्ती, दुर्गाबहादुर रामदाम, विश्वास महतो, सीताराम महतो र अनिल चौधरीलाई पनि सम्मान गरिएको छ ।