दैलेखमा एक शिक्षकको हत्या, ८ महिने छोराको हत्या आरोपमा बाबुआमा पक्राउ

तु खबर संवाददाता
२०७८ भाद्र २९,मंगलवार २२:००

दैलेखको गुराँस गाउँपालिकामा एक जना शिक्षकको हत्या भएको छ । विद्यालय परिसरमै शिक्षक नगेन्द्र बिसीको हत्या भएको हो ।
दैलेख प्रहरीले दिएको जानकारी अनुसार, ती शिक्षकको शव मङुगलबार बिहान विद्यालय परिसरमै भेटिएको हो । शिक्षकलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको पाइएको छ । यद्यपी यसबारे प्रहरीले विस्तृत अध्ययन गरिरहेको छ । घटनामा संलग्न भएको भन्दै दुइ जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।

टिकटक बनाउँदा नदीमा खसेर युवति वेपत्ता

टिकटक बनाउँदा तनहुँमा सेती नदीमा खसेर एक जना युवतिको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित रक गार्डेनबाट खस्दा १९ वर्षीया पबित्रा लम्साल बेपत्ता भएकी हुन् ।

८ महिने छोराको हत्या आरोपमा बाबुआमा पक्राउ

रुपन्देहीको गैडहवा गाउँपालिकामा आठ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा एक दम्पत्तिलाई प्रहरीले पक्राउ गरेको छ । गैडहवा गाउँपालिका वडा नं. ६ मा एक दम्पत्तिले ती बालकको हत्या गरेको प्रहरीले जनाएको छ । हत्या हुने वालकको नाम सुरज मल्लाह रहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीराम मल्लाह र रेनु मल्लाहलाई नियन्त्रणमा लिएको छ ।