हेटौंडामा सालकको मूर्ति स्थापना

रासस
२०७८ भाद्र २६, शनिबार ०८:२३

मकवानपुर । रानी सामुदायिक वन उपभोक्ता समूहले सालकको मूर्ति स्थापना गरेको छ ।

समूहले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ चौघडा बजारमा सालकको मूर्ति स्थापना गरेको समूहका अध्यक्ष विष्णु प्रसाद न्यौपानेले जानकारी दिए ।

समूहको चालु आव ०७८/०७९ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सालकको मूर्ति स्थापना गरिएको हो ।

वनसँग सम्वन्धि अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता, उपभोक्ता एवं सरोकारवालाहरुको सहयोगको लागि सालकको मूर्ति स्थापना गरिएको हो ।

सालकको मूर्ति बनाउन १ लाख ११ हजार रुपैयाँ खर्च भएको समूहकी कोषाध्यक्ष एवम् सालकको मूर्ति निर्माण उपसमितिकी संयोजक गोमा लामिछानेले जानकारी दिइन् ।