विप्लव नेतृत्वको नेकपाद्वारा एमसीसीको विरोधमा देशव्यापी संघर्षको घोषणा

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ ।
सो पार्टीको अन्तर्राष्ट्रिय विभागले एमसीसी सम्झौता विरुद्ध आज अपराह्न काठमाडौँमा अन्तरक्रिया आयोजना गरेको छ ।
साताव्यापी संघर्षको कार्यक्रम अन्तरगत २३ गते बुधबार देशव्यापी कोणसभा, २५ गते देशव्यापी विरोध प्रदर्शन, २६ गते राष्ट्रघाती एमसीसी सम्झौता जलाउने, २७ गते सिट्ठी जुलुस गर्ने र एमसीसीका विरुद्ध बेलुन उडाउने, २८ गते विरोध प्रदर्शनसहित काठमाडौँमा जनसभा गर्ने कार्यक्रम तय भएको छ ।