कांग्रेस युवा नेता पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने
काठमाडौं । नेपाली कांग्रेस युवा नेता प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने भएका छन् ।
पौडेलले आगामी मंसिरमा हुने १४ औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिने भएका हुन् ।
केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका पौडेलले जानकारी दिए ।
१३ औं महाधिवेशनमा युवा नेताहरुमध्ये सर्वाधिक मत प्राप्त गरेका पौडेलले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिए भएका हुन् ।
उनी केन्द्रीय सदस्यमा खुलाबाट निर्वाचित २५ जना मध्ये १७ सय ९ मत ल्याएर ५ औं नम्बरमा निर्वाचित भएका थिए ।
