बेरुजु तथा भ्रष्टाचार नियन्त्रणसम्बन्धी संवाद कार्यक्रम

तु खबर संवाददाता
२०७८ भाद्र २१,सोमबार ०७:५८

मकवानपुर । बेरुजु तथा भ्रष्टाचार नियन्त्रण/न्यूनिकरणमा नागरिक र नागरिक समाजको भूमिका विषयक संवाद कार्यक्रम आइतबार हेटौंडामा सम्पन्न भएको छ ।

अमेरिकी विकास नियोग यूएसएण्डको आर्थिक सहयोगमा डेक नेपाल र नागरिक समाज मञ्च मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लेखा परीक्षण, लेखा परीक्षणको भूमिका, भ्रष्टाचार, बेरुजु, बेरुजु फछ्यौंट, भ्रष्टाचार निवारणमा नागरिक समाजको भूमिकालगायत विषयमा प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा प्रेदश लेखा नियन्त्रक कार्यालय हेटौंडाका प्रदेश लेखा नियन्त्रक हरिप्रसाद उपाध्यायले सहजीकरण गरेका थिए ।

कार्यक्रम नागरिक समाज मञ्च मकवानपुरकी संयोजक रमिला सापकोटाको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ मकवानपुरका सचिव बोलबहादुर कार्की, सामुदायिक बन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष जंगबहादुर गुरुङलगायतको सहभागिता रहेको थियो ।