कांग्रेस मकवानपुरगढी २ नं वडा सभापतिमा पुडासैनी
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरगढी वडा नं २ को सभापतिमा रामप्रसाद पुडासैनी चयन भएका छन् ।
कांग्रेसको आज भएको वडा अधिवेशनले पुडासैनीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
त्यस्तै उपसभापतिमा दीपक योञ्जन र राजेश थापा, सचिवमा पूर्णबहादुर घलान र सुवाससिंह डिम्डुङ, सहसचिवमा पूर्णबहादुर वाइवा र सावित्री विश्वकर्मा चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा बिन्दा सुनार, पातलीमाया गोले, हेमनाथ न्यौपाने, सीताराम रुम्बा, जयनन्द लुङ्वा, सर्मिला घिसिङ्, लक्ष्मी विश्वकर्मा, कौशल्या लुङ्वालगायत चयन भएका छन् ।
अधिवेशनले रामप्रसाद चौरेल, शान्ता बोगटी, इन्द्रबहादुर बिक, निरकुमारी स्याङ्तान, विष्णुमाया रुम्बा, बटुकुमारी योञ्जन, राजवीर मोक्तान, गोपालप्रसाद गौतम, शिवप्रसाद न्यौपाने, बखानसिंह पाख्रिन, सुधार जित गोले, राजकुमार गोले, दिलमाया पाख्रिन, पार्वती लो, नरेन्द्र बोम्जनलगायत रहेका छन् ।
