श्रीकृष्ण प्रणामी सेवा मकवानपुरको अध्यक्षमा चौलागाई
मकवानपुर । श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा केदार प्रसाद चयन भएका छन् ।
शनिबार भएको ३० औं साधारण सभा तथा १० औं अधिवेसनले चौलागाईको संयोजकत्वमा १० सदस्यीय कार्यसमिति निमार्ण गरेको हो ।
कार्यसमितिको उपाध्यक्षद्धयमा श्रीराम खतिवडा, भरत ढकाल, सचिवमा मनमोहन ढकाल, सहसचिवमा देवी अधिकारी, कोषाध्यक्षमा दिपकलाल खतिवडा, सदस्यहरुमा कृष्णप्रसाद अधिकारी, श्याम ढुङ्गना, भरत खतिवडा रहेका छन् ।
कार्यक्रम अर्जुन प्रसाद वाग्लेको सभाध्यक्षता तथा श्रीकृष्ण प्रणामी सेवा समितिको केन्द्रीय उपाध्यक्ष श्याम शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा केन्द्रीय उपाध्यक्ष रामकृष्ण तिवारी, केन्द्रीय सदस्य बद्री चौलागाई, समाजसवी तिलक प्रसाद दुलाललगायत जिल्लामा रहेका सात प्रणामी मन्दिर समितिका अध्यक्षहरुले मनतव्य व्यक्त गरेका थिए ।
