मकवानपुरमा ३ ठाउँमा रक्तदान कार्यक्रम

तु खबर संवाददाता
२०७८ भाद्र १९, शनिबार ०७:४५
file-photo

मकवानपुर । मकवानपुरको तीन ठाउँमा रक्तदान कार्यक्रम हुने भएको छ । विभिन्न संस्थाको आयोजनामा शनिबार, आइतबार र सोमबार रक्तदान कार्यक्रम गर्ने तय भएको रक्तसंचार केन्द्र हेटौंडा शाकाका प्रमुख टंक दाहालले जानकारी दिए ।

उनका अनुसार, आज (शनिबार) भूतपूर्व सैनिक मिलन बचत तथा ऋण सहकारी संस्थाले सहकारीको वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।

यस्तै, आइतबार हर्नामाडीमा श्रीकृष्ण प्रणामी युवा परिषद्ले र सोमबार जनकल्याण बचत तथा ऋण सरकारी संस्थाले रक्तदान कार्यक्रम गर्ने भएको रक्तसंचार केन्द्र हेटौंडा शाखा प्रमुख दाहालले बताए ।

उनका अनुसार, केन्द्रमा अहिले ४० युनिट रगत संकलन भएको छ । एबी पोजेटिभ रगत कम मात्रा पाइने र ए पोजेटिभ रगत सजिलै पाइनेछ ।

कम मात्रामा पाइने एबी पोजेटिभ रगत आवश्यक भएको बिरामीहरु कमै आउने भएकोले बिरामीलाई पनि आवश्यक परेमा रगत संकलन भइरहेको उनले बताए ।

रक्तसंचार केन्द्र हेटौंडाले मकवानपुर जिल्ला र चितवन जिल्लामा रगत पठाउने गरेको छ ।