थाहा नगरका विद्यालय भोलिबाट खुल्ने
मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा रहेका निजी तथा सामुदायिक विद्यालय आइतबारबाट संचालनमा आउने भएको छ ।
बैशाख १४ गतेदेखि बन्द रहेका विद्यालयहरु आइतबारबाट संचालनमा आउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरको भदौ १७ को निर्णय बमोजिम हिजो बसेको नगर शिक्षा समितिको बैठकले विद्यालय भौतिक रुपमा नै सूचारु गर्ने निर्णय गरेको हो ।
बैठकले ३ दिनभित्र सम्बन्धित विद्यालय व्यवस्थापन समितिको निर्णय गरी विद्यालय संचालन कार्यढाँचा तयार पारी शिक्षा शाखामा बुझाउन र स्वास्थ्य मापदण्ड
पूर्णरुपमा पालना गर्ने गरी विद्यालय संचालन गर्ने दिने निर्णय गरेको हो ।
स्वास्थ्य मापदण्ड पालना गरे/नगरेको अनुगमन गरिने निर्णय भएको छ ।
धेरै संख्यामा विद्यार्थी भएका विद्यालयले बढीमा एउटा बेञ्चमा २ जनासम्म विद्यार्थी राख्न, गेटमा थर्मल गनले तापक्रममापन गर्न, प्रार्थना तथा अतिरिक्त क्रियाकलाप गर्न नदिइने लगायतका कार्यढाँचा समेटिएको मापदण्डहरु अपनाएर सुरक्षित महसुस गराउनुपर्ने भनिएको छ ।
