६७ हजारले गराए कोभिड खोप प्रमाणीकरण
काठमाडौं । देशभर हालसम्म ६७ हजार नागरिकले कोभिड खोप प्रमाणीकरण गराएका छन्।
विदेश जाने प्रयोजनका लागि कोभिड खोप कार्ड प्रमाणिकरण आवश्यक भएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन २१ गतेदेखि खोप कार्ड प्रमाणीकरण गर्न सुरु गरेको थियो।
मंगलबारसम्म ७४ हजार नागरिकले कार्ड प्रमाणीकरणको लागि अनलाइन फारम भरेको परिवार कल्याण महाशाखाका प्रमुख तारानाथ पोखेरले जनाकारी दिए।
अनलाइन फारम भरेपछि फारम भेरीफाइज्ड गरेपछि अनलाइनबाटै प्रमाणपत्र उपलब्ध गराइने व्यवस्था गरिएको छ । जसको अनलाइन फारम भर्दा कुनै प्रमाण नपुगेको वा अन्य ऋटी भएमा परिवार कल्याण महाखाशामा आई समाधान गर्नुपर्ने हुन्छ।
