मकवानपुरमा आज ५५ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडामा

तु खबर संवाददाता
२०७८ भाद्र ११, शुक्रबार १७:२५
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ५५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १४२ जनाको पीसीआर र एन्टीजेन परीक्षक गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज १०९ जनाको पसीआर परीक्षण गर्दा ५० जनामा र ३३ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, संक्रमण पुष्टि हुनेहरुमा थाहानगरपालिकाका ५ जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका २/२ जना, मनहरी गाउँपालिकाका ७ जना, भीमफेदी र बकैया गाउँपालिका एक/एक जना रहेका छन् ।

जिल्लामा आजको कोरोना संक्रमित दर ३८ प्रतिशत रहेको छ । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १४ हजार ६ सय ७६ जना पुगेको छ ।

त्यस्तै, आज जिल्लामा थप १२ जना कोरोना संक्रमणमुक्त भएसँगै संक्रमण निको हुनेको कूल संख्या १४ हजार २ सय ३७ जना पुगेको स्वास्थ्य कार्यालय जनाएको छ ।

जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १६० जना पुगेको छ । संक्रमणका कारण आज भने कुनै पनि व्यक्तिको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।