मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन

तु खबर संवाददाता
२०७८ भाद्र १०,बिहीबार ०९:१६
file-photo

काठमाडौं । मेगा म्युचुअल फण्ड–१ को इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

फण्डको प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १ अर्ब बराबरको १० करोड इकाई विक्री खुला गरेको हो ।

कुल इकाई मध्येबाट १५ प्रतिशत वा एक करोड ५० लाख इकाई काष प्रवद्र्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई विक्री गर्न लागिएको हो ।

यस इकाई खरीदका लागि न्यूनतम १०० कित्तादेखि एक करोडसम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ ।

यस फण्डको इकाई खरीदका लागि लगानीकर्ताहरुले विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्ससँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

साथै, मेरो शेयर वेब र मेरो शेयर एपबाट पनि यस इकाई खरीदका लागि आवेदन दिन सकिने जनाएको छ । यो बन्द मुखी योजना हो ।