स्काउटद्वारा भीमफेदीमा एसेमेस अभियान संचालन

तु खबर संवाददाता
२०७८ भाद्र ८, मंगलवार १५:३५

मकवानपुर । नेपाल स्काउटले संचालन गरेको कोरोना विरुद्धको सचेतना अभियान एसेमेस भीमफेदीमा पनि संचालन गरिएको छ ।

बागमती प्रदेश स्काउट अन्तर्गत स्थानीय स्काउट कार्यालय भीमफेदीमार्फत हेरिटेज भीमफेदी स्काउट क्र्युले उक्त अभियान संचान गरेको हो ।

आज गाउँपालिका उपाध्यक्ष पार्बती राना र बागमती प्रदेश स्काउट सदस्य असोक सारु मगरले गाउँपालिकाको भवनमा एसेमेसको सचेतनामुलक पोस्टर टाँसेर उद्घाटन गरेका हुन् ।

उक्त एसेमेसको अर्थ सेनिटाइजर, मास्कको प्रयोग र सामाजिक दुरि हुने स्थानीय स्काउट संयोजक आशिष अस्लामीले जानकारी दिए । उनका अनुसार, अहिले ७ जना रेन्जरहरु अभियानमा परिचालन गरिएको छ ।

आगामी २ महिनासम्म संचालन हुने उक्त अभियान टोलीको संयोजन बिनिता आलेले गरिरहेकी छिन ।