जिसस मकवानपुरको वार्षिक समिक्षा भदौ २० गते
मकवानपुर । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले आगामी भदौ २० गते वार्षिक समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
आइतबार जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ८१ औं बोर्ड बैठकले गत साउन २९ गते आयोजना गरेको जिल्ला सभाको समिक्षा गर्दै आगामी भदौ २० गते समिक्षा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
नेपालको संविधान २०७२ मा भएको व्यवस्था अनुसार जिसस मकवानपुरले हरेक वर्ष साउन महिनामा जिल्ला सभा र भदौ महिनामा जिल्ला समिक्षा कार्यक्रम आयोजना गर्दै आएको हुँदा समिक्षा कार्यक्रमको आयोजना थर्न लागिएको जिसस प्रमुख खुलालले जानकारी दिए ।
उनका अनुसार, जिल्ला सभामा जस्तै स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरु पालना गरेर समिक्षा कार्यक्रम आयोजना गरिने भएको हो ।
बैठकमा जिसस सदस्यहरु गणेश कुमारी श्रेष्ठ, देवराज रिमाल, सिता अधिकारी, सरिता विश्वकर्मा, बुद्धिबहादुर मोक्तान, निमित्त समन्वय अधिकारी भीमलाल महर्जन, नायब सुब्बा उपेन्द्रनाथ पोखरेललगायतको सहभागिता थियो ।
