राप्ती खोलाले बगाउँदा मकवानपुरका वाईबा बेपत्ता

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १८:१६
file-photo

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा रहेको राप्ती खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

खोलाले बगाउँदा राक्सिराङ गाउँपालिका वडा नम्वर ३ लावती बस्ने अन्दाजी ३६ वर्षीय हिरालाल वाईबा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार आज (आइतबार) बिहान ८ जनाको समूह च्याऊ खोज्न गएका थिए । तीमध्ये वाईबा बेपत्ता भएको हो ।

बेपत्ता उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य गरिरहेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।