काठमाडौंबाट पक्राउ परे मकवानपुरका मोक्तान र योञ्जन

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १७:३५
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौं महानगरपालिका–१६ बालाजुबाट संरक्षित वन्यजन्तु सालकको १ केजी ५ सय ग्राम खपटासहित प्रहरीले दुई जनाmाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुरको बकैया गाँउपालिका वडा नम्वर २ बस्ने ३६ वर्षीय कान्छालाल मोक्तान र सोही ठाउँ बस्ने ४० वर्षीय धनबहादुर योञ्जन रहेका छन् ।

उनीहरुलाई संरक्षित वन्यजन्तु सालकको खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा पुगेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले उक्त खपटासहित पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाईएको व्यूरोले जनाएको छ ।