थप २२१२ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार १६:५२

काठमाडौं । नेपालमा थप २ हजार २ सय १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ८ हजार ८८ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ७ सय ९३ जनामा र ४ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ८ सय ६७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

देशभर ३९ हजार २९८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार १८ होम आइसोलेसनमा रहेका छन्।

संस्थागत आइसोलेसनमा ४ हजार २८० भने ७५८ जना आइसियुमा र १९३ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।

देशभर ४१९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।