आजको मौसम

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०८:१४
file-photo

काठमाडौं । मनसुन न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश , गण्डकी प्रदेश र लुम्बिनी प्रदेश को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको जनाइएको
छ ।

महाशाखाले पहाडी भू– भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।