ह्वात्तै बढ्यो संक्रमितको संख्या, एकैदिन ४९०४ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण २६, मंगलवार १७:१७
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको संख्या ह्वातै बढेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सोमबारको तुलनामा मंगलबार एक हजार २ सय ५३ जनाले कोरोना संक्रमितको संख्या बढेको हो । यसअघि सोमबार देशभर ३ हजार ६ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ४ हजार ९ सय ४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १३ हजार २१७ जनाको पीसीआर परीक्ष गर्दा ३ हजार १९४ र र ५ हजार ९०६ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज देशभर २ हजार ११५ जना संक्रमणमुक्त भएका छन् भने ३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छछ ।

हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३३ हजार ९८५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा ३ हजार ३४७ भने ७६१ जना आइसियुमा र १८१ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर ३८१ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।