मकवानपुरका बल प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले अवैध लगाूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा १५ किलो ९०० ग्रामसहित एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कैलाश गाउँपालिका वडा नम्वर ८ बस्ने २९ वर्षीय दिलबहादुर बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
सोमबार भार्ताबाट मनहरीतर्फ पैदल आउँदै गरेका उनलाई राक्सिराङ गाउँपालिका वडा नम्बर ५ परेवाभीरस्थित भित्रि सडकखण्ड उक्त परिणामको गाँजासहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।
उहाँका अनुसार, बललाई प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका बलमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
