नगद ४ लाख ४८ हजारसहित ६ जुवाडे प्रहरीको नियन्त्रणमा
काठमाडौं । काठमाडौं महानगरपालिका–१० स्थित मध्य बानेश्वरबाट प्रहरीले नगदसहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले रु ४ लाख ४८ हजार ५ सय नगदसहित ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी मिमबहादुर लामा नेतृत्वको टोलीले रामकृष्ण केसीको घरमा रहेको जुवा खालमा छापा मारेर उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
रामकृष्ण केसीको साढे दुई तले घरको ग्राउन्ड फ्लोरमा उनीहरुले हारजित हुनेगरी जुवा खेलेका थिए । आरोपीहरुबारे महानगरीय प्रहरी वृत बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
