खोलाले बगाउँदा आमा र छोराको मृत्यु
दाङ । दाङको तुलसीपुरमा आज दिउँसो खोलाले बगाउँदा आमा र छोराको मृत्यु भएको छ ।
स्थानीय ग्वार खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका वडा नं.४ सिम्लेनी निवासी ३५ बर्षीया अम्रीता घर्ती र उनका छोरा २ वर्षीय रुद्र घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सिम्लेनीबाट पतेनी जाँदै गर्दा ग्वारखोलाको पतेनीघाट तर्ने क्रममा खोलाले बगाएर लगेको थियो ।
उनीहरुको शव बगाएको स्थानदेखि २ किलो मिटर तल भेटिएको दाङका प्रहरीले जनाएको छ ।
