सुनको सिक्री लुटेर भाग्दै गर्दा पक्राउ परे सुवेदी

तु खबर संवाददाता
२०७८ श्रावण २५, सोमबार १६:३०
सांकेतिक तस्बिर

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका वडा नम्बर २ तातोपानीका २२ वर्षीय अन्जित सुवेदी रहेका छन् ।

उनले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० कपन आकाशेधारा डेरा गरी बस्ने सानु बस्नेतको २ तोलाको सुनको सिक्री लुटपाट गरी भागेका थिए।

सानुले आफू बस्ने घरको गेट बन्द गर्ने क्रममा घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले स्थानीय मानिसहरूको सहयोगमा अन्जितलाई आइतबार पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।