एकैदिन ५५ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण ५५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, संक्रमणका कारण देशभरका विभिन्न स्थानमा गरी ५५ जनाको मृत्यु भएको हो ।
यससँगै देशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १ हजार ९३ जना पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार १९ जना संक्रमणमुक्त भएका छन् ।
देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना र एन्टिजेनबाट ६८ हजार ४७८ पुगेको छ । संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३७८ जनामा परीक्षण भएको थियो ।
