थप २५४८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १६:२३
filr-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ४८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ३७८ परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख १४ हजार ८७७ जना र एन्टीजेनबाट ६८ हजार ४७८ पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म ६ लाख ६९ हजार २९९ जना संक्रमणमुक्त भएका छन् भने १ हजार ९३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका २ हजार १९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ ।

हाल देशभर ८०२ जना आईसीयुमा रहेका छन् भने १८१ जना भेन्टिलेटरमा रहेका छन् । देशभर सक्रिय संक्रमित ३५ हजार बढी रहेका छन् ।