न्यादी हाइड्रोपावरको आईपीओ भदौ १ गतेदेखि निष्काशन बिक्रीमा

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १५:३२
file-photo

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ भदौ १ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरु तथा संस्थापक शेयरधनीहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्न लागेको हो ।

कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यका कुल १८ लाख कित्ता आईपीओ निष्काशन तथा बिक्री गर्न लागेको हो ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ । उक्त शेयर खरीदका लागि आवेदकले न्यूनतम १० कित्ता आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त आईपीओ छिटोमा भदौ १५ गते तथा ढिलोमा भदौ ३० गतेसम्म निष्काशन हुनेछ ।