सरकारको साझा कार्यक्रमलाई अन्तिम रुप दिइयो, आजै सार्वजनिक हुँदै

तु खबर संवाददाता
२०७८ श्रावण २४,आईतवार १३:१३

काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् ।

सो साझा कार्यक्रमलाई अपराह्न ४ बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् ।

कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी दिए ।

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर साउन २४ गते शीर्ष नेताहरुलाई बुझाएको थियो । त्यसलाई आज अन्तिम रुप दिइएको हो ।