नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १८:०५
सांकेतिक तस्वीर

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ ।

शुक्रबार थप २५ जना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १० हजार १९ जना पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर ३७ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा भएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जना कोरोन संक्रमित पुष्टि भएका हुन्।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९ सय ४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् ।