थप ३७२९ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार १७:५५

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३७ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, १५ हजार ६ सय ७५ जनाको परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा २५ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९ सय ४२ जना रहेका छन् भने त्यसमध्ये भेन्टिलेटरमा १५८ जना रहेका छन् । यस्तै आईसीयूमा ७३२ जना रहेका छन् ।