हेटौंडाका देउला पर्सा प्रहरीको फन्दामा
पर्सा । हेटौंडाका विकास देउला अवैध लागूऔषधसहित पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ बस्ने २७ वर्षीय देउला अवैध लागुऔषधसहित वीरगंजबाट पक्राउ परेका हुन् ।
उनलाई जिल्ला प्रहरी कार्यालय पर्साका टोलीले बिहिबार वीरगंजको जयन्ती चोकबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले उनको साथबाट लागूऔषध कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ वटा बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाएको जनाएको छ ।
पर्सा प्रहरीले यसअघि बुधबार पनि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ का २१ वर्षीय डेनिएल तामाङलाई अवैध लागूऔषधसहित पक्राउ गरेको थियो ।
