थप ३९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय ३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ११ हजार ८ सय ७० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७ जना र ६ हजार ५ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ७ लाख ८ हजार ७९ र एन्टिजेन विधिबाट ६५ हजार ७८१ जना पुगेको छ । त्यसमध्ये हालसम्म ६ लाख ६३ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ३७ जनाको मृत्यु भएको छ ।
देशभर ३४ हजार ४२२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा रहेका छन्। भने ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ।
देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
