हेटौँडाका न्यौपाने प्रहरीको फन्दामा
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरोहिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १६ बस्ने ३२ वर्षीय अजितकुमार न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका वडा नमवर १० स्थित माउन्ट एभरेष्ट होटलबाट लागूऔषध खैरोहिरोई ३९ पुरियामा ५ ग्रामसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनका अनुसार, शुक्रबार अपराह्न १२ बजेको समयमा उक्त होटलमा रहेका उनलाई शंका लागि चेकजाच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।
