थप ३६११ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर गरिएको १४ हजार ६६१ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी ९ हजार ७८३ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ । पीसीआर परीक्षणबाट २ हजार ४६७ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट १ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ६ लाख ९३ हजार १०९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ६० हजार ५२४ जना पुगेको छ । तीमध्ये हालसम्म देशभरका ६ लाख ५२ हजार २६१ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ८१६ जना संक्रमणमुक्त भएका छन् ।
यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म संक्रमणका मृत्यु हुनेको कूल संख्या ९ हजार ८३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
