एकैदिन ३४२१ जनामा कोरोना पुष्टि, २५ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १७:०७

काठमाडौं । नेपालमा सोमबार एकैदिन ३ हजार ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १२ हजार २४० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट २ हजार ३९१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ५ हजार ३२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ३० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार, अघिल्लो दिनको तुलना कोरोना संक्रमितको संख्या १ हजार १८४ जनाले बढेको छ । अघिल्लो दिन आइतबार देशभर २ हजार २३७ जनामा कोरोना पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभरका २५ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७३८ पुगेको छ।

मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा देशभरका १ हजार ६ सय ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।