मनसुन सक्रिय भएसंगै सोमबारसम्म बर्षाको संभावना

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार ०८:२४
फाइल फोटो

काठमाडौँ । मनसुन सक्रिय भएसंगै देशैभरको मौसम बदली हुने जल तथा मौषम विज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य वदली रहेको छ ।

शनिबार दिउँसो देशैभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का र भारी बर्षा हुने संभावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो क्रम सोमबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

त्यस्तै भोलि आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

सोमबार पनि देशैभर सामान्यतया बदली रही धेरै स्थामा भारी बर्षाको संभावना रहेको जनाइएको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।