अबैध सालको काठसहित ४ जना पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण ९, शनिबार ०८:१३

मोरङ । मोरङको केराबासीबाट अबैध सालको काठसहित ४ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका वडा नम्वर ३ का ३८ बर्षीय विष्णु सुहाङ लिम्बु, ३८ बर्षीय सुसन लिम्बु, ३३ बर्षीय हरि लिम्बु र २३ बर्षीय विक्रम लिम्बु रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई अबैध काठ ओसार पसार गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हा ।

त्यस्तै प्रहरीले सालका विभिन्न साइजका ४२÷४२ क्युबिक फुट काठ र उक्त काठ बोक्न प्रयोग भएको को १ च ९०७४ नम्बरको सेतो पिकअप र को ३८ प १४२४ नम्बरको एउटा मोटरसाइकल समेत बरामद गरेको छ ।

प्रहरीले बरामद भएको काठ, काठ बोक्न प्रयोग भएको गाडी र मोटरसाइकलसहित पक्राउ परेका चार जनालाई आवश्यक कारबाहीका लागि सव–डिभिजन कार्यालय केराबारीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।