आजबाट लामो तथा मध्यम दूरीका सबै सवारी चल्ने

तु खबर संवाददाता
२०७८ श्रावण ९,शनिबार ०८:००
file-photo

आजबाट मध्यम तथा लामो दूरीका सवारी साधनहरु संचालनमा आउने भएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले जारी गरेको निषेधाज्ञाका कारण लामो समय बन्द रहेको अन्तर जिल्ला यातायात सेवा आजबाट खुला भएको हो ।

नेपाल सरकार मन्त्रिपरिषदको यही साउन ४ को निर्णयअनुसार स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर सबै सवारी सञ्चालन गर्न पाइने भएको हो ।

काठमाडौँ प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गरी मन्त्रीपरिषद्को निर्णयानुसार त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको हो।