बागमती प्रदेशमा ५ प्रतिशतले घट्यो मुद्धा
मकवानपुर । बागमती प्रदेशका १० जिल्लामा गत आर्थिक वर्षमा मुद्धा दर्ता संख्यामा करिब साढे ५ प्रतिशतले घटेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा गत आर्थिक वर्ष २०७६/०७७ मा ४ हजार ५ सय ९४ मुद्धा दर्ता भएकोमा आव २०७७/०७८ मा उक्त संख्या घटेर ४ हजार ३ सय ४३ भएको हो । यो करिब ५.४६ प्रतिशत् हो।
आर्थिक वर्ष २०७६/०७७ मा कर्तव्य ज्यानतर्फ ७७, ज्यान मार्ने उद्योगतर्फ ९८, जुवातर्फ ४७, ठगीत ४० मुद्धा दर्ता हुँदा लागूऔषधतर्फ २ सय ७०, अपहरणतर्फ १, हातहतियारतर्फ २२, बैंकिङ कसुर तर्फ ७७, मानव बेचबिखनतर्फ १३, सवारीज्यानतर्फ २ सय ८५ र चोरीतर्फ १ सय ६९ मुद्धा दर्ता भएका थिए।
आव २०७७/०७८ मा भने कर्तव्य ज्यानतर्फ ६३, ज्यान मार्ने उद्योगतर्फ १ सय ५, जुवातर्फ ५६, ठगीतर्फ २६ मुद्धा दर्ता हुँदा लागूऔषधतर्फ २ सय ६०, अपहरणतर्फ ७, हातहतियारतर्फ २७, बैंकिङ कसुरतर्फ २८, मानव बेचबिखनतर्फ ५, सवारी ज्यानतर्फ २ सय ६० र चोरीतर्फ १ सय ७६ मुद्धा दर्ता भएका थिए।
