थप २७१४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १७:३३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ भने २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप २ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा पीसीआर परीक्षणबाट १ हजार ८ सय ५५ जनामा र एन्टीजेन परीक्षणबाट ८ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

त्यस्तै, गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७४ हजार ७ सय २६ र एन्टीजेन परीक्षणबाट ५३ हजार ४ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म ६ लाख ३७ हजार ६ सय ९० जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ ।