मकवानपुरमा संक्रिय संक्रमितको संख्या साढे ५ सय नाघ्यो
मकवानपुर । मकवानपुरमा आज थप ५२ जनामा कोरोनाभाइस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २६३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थय कार्यालय मकवानपुरका अनुसार, आज १९४ जनाको पीसीआर परीक्षण गर्दा ४१ जनामा र ६९ जनाको एन्टीजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोना सक्रमितको कूल संख्या १२ हजार ३ सय २९ पुगेको छ । तीमध्ये हाल ५ सय ५६ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमा ५ सय ७ जना होमआइसालेशनमा र ४९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
जिल्लाको हेटौँडा उपमहानगरपालिकामा ३ सय २० जना, थाहा नगरपालिकामा ९२ जना, मनहरीमा ५७ जना, कैलाशमा २५ जना, मकवानपुरगढीमा १६ जना, इन्द्रसरोबरमा १५ जना, बकैयामा १२ जना, भीमफेदीमा ११ जना, राक्सिराङ्गमा ६ र बागमती गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, जिल्लामा आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा होम आइसोलेसनबाट ५४ जना र संस्थागत आइसोलेसनबाट ६ जना संक्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा हालसम्म ११ हजार ५ सय ९२ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।
