टाउकोमा गोली लागेको अवस्थामा पुरुषको शव फेला

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १२:४८

चितवन । चितवनको भततपुर महानगरपालिका वडा नम्वर १७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा टाउकोमा गोली लागेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

अन्दाजी ३० वर्षका युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । उनको टाउकोमा गोली लागेको घटनास्थल नजिकै रगत र गोलीको खोकासमेत भेटिएको छ ।

बिहान बाटोमा हिड्नेहरुले घटना थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए ।

घटना स्थालमा मृत ब्यक्तिको पहिचान हुन सकेको छैन ।

शवको अहिले मुचुल्का उठाई पोष्ट मार्टमको लागी भरतपुर अस्पताल ल्याईएको छ ।

घटनाको बारेमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।