थप २८३८ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ६,बुधबार १७:१७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ६ सय १६ जनाको पीसीआर र एन्टीजेन परीक्ष गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका मन्त्रालयका अनुसार, ८ हजार ७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ९ सय १८ र ३ हजार ९ सय १ जनाको एन्टीजेन परीक्षण गर्दा ९ सय २० जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २४ हजार ४ सय ५५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये हालसम्म ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भइसकेका छन् । आज थप १ हजार ४ सय ७५ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ३० जना संक्रमितको मृत्यु भएसँगै हालसम्म ९ हजार ६ सय ३६ जना संक्रमितको मृत्यु भइसकेको छ।

देशभर २६ हजार ८३२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये २४ हजार ३४० जना संक्रमित होम आइसोलेसन र २ हजार ४९२ संस्थागत आइसोलेसनमा रहेका छन।