हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण ३,आईतवार ०९:३६

मकवानपुर । हेटौँडामा कोरा साइक्लिङ च्यालेन्ज–२०२१ सम्पन्न भएको छ । हरेक बर्ष साउन महिनाको पहिलो शनिबार देशव्यापी रुपमा आयोजना हुने कोरा साइक्लिङ च्यालेन्ज यस बर्ष पनि हेटौंडामा सम्पन्न भएको हो ।

हरेक बर्ष भव्य रुपमा आयोजना हुने कोरा यस बर्ष कोरोना महामारीको कारण सामान्य ढङ्गबाट आयोजना गरिएको छ । यस बर्षको कोरामा भौतिक दूरी कायम गरी २ वटा समूहले फरक स्थानमा कोरा सम्पन्न गरेको मकवानपुर साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिए ।

११ जनाको एक समुहले हेटौंडाको भुटनदेवी मन्दिरबाट यात्रा सुरु गरेर चौघडा, चुच्चेखोला, राजदेवी, एक्लेखेत, फुर्केचौर, हर्नामाडी तथा हटिया भएर पुनः चौघडा हुँदै हेटौंडाको बुद्धचोकमा आएर यात्राको समापन गरिएको उनले बताए ।

उनका अनुसार, उक्त यात्रामा साइकलयात्रीले ४३ किमी दूरी पार गरेको छ ।

यस्तै ९ जनाको अर्को समूहले पशुपति मन्दिर, भुटनदेवी मन्दिर, चुरियामाई मन्दिर र वनस्खण्डी मन्दिरको यात्रा तय गरेका छन् । कार्यक्रम मकवानपुर साइक्लिङ ग्रुपका जीवन तिमल्सिनाको संयोजकत्वमा भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*